रियल मड्रिडको जित

काठमाडौ, वैशाख ६ -
 बार्सिलोनाले चौथो स्थानमा रहेको भ्यालेन्सियाविरुद्ध जित हासिल गरेर स्पेनी लिगमा ५ अंकको अग्रता लिएको केही घण्टामा नै रियल मड्रिडले ले पनि जित हात पारेको छ । र, लिग लिडर बार्सिलोनासँगको अन्तरलाई २ अंकमा झारेको छ ।
मलागालाई ३-० ले पराजित गर्दै रियलले महत्वपूर्ण ३ अंक बटुलेर शीर्षमा उक्लिने संभावनालाई समाप्त हुन दिएन । रियलका लागि गोल गर्दै क्रिस्टियानो रोनाल्डोले यो सिजन आफ्नो गोल संख्या ५० पुऱ्याए । उनले ९० मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । रियलका लागि सर्जियो रामोसले २४ औं र जेम्स रोर्डिगेजले ६९ औं मिनेटमा गोल गरेका थिए । मलागाको एक मात्र गोल जेमिनेज लोपेजले ७१ औं मिनेटमा गरेका थिए ।
ला लिगामा ३२ खेल खेलिसक्दा बार्सिलोनाको ७८ अंक छ भने रियल ७६ सहित दोस्रोमा छ । हिजै भएको अर्को खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले जित हात पाऱ्यो र अंक तालिकामा ६९ अंकसहित तेस्रोमा रह्यो ।

Post a Comment

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item